जंगलमा भेटिए अपहरणमा परेका गाउँपालिका अध्यक्ष - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

जंगलमा भेटिए अपहरणमा परेका गाउँपालिका अध्यक्ष



काठमाडौं । नेकपा विप्लव समूहका कार्यकर्ताले दैलेखबाट अपहरण गरेका गाउँपालिका अध्यक्ष अपहरणमुक्त भएका छन् ।

दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई गएराति विप्लव समूहका कार्यकर्ताले घरबाटै अपरहण गरेका थिए ।

कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीका अनुसार उनको कालीकोटको शुभकालिका गाउँपालिकाको जंगलबाट उद्धार गरिएको हो ।

१६० जनाको प्रहरी टोली उनको खोजीका लागि खटिएका थिए । उनलाई अपहरणमुक्त गरिएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

तर नेपाल राष्ट्रिय शिक्षक संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी शाहीकी श्रीमती इला मल्ल शाहीलाई भने राति नै छाडिदिएका थिए ।

अपहरणको जिम्मा विप्लव समूहले लिएको थियो । गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिशन खाएको र आफूहरुविरुद्ध लागेको हुँदा नियन्त्रणमा लिएर सकुशल राखिएको विप्लव समूहले जनाएको थियो ।