गाउपालिका स्तरिय बोर्डिङ स्कुल एसोसिएसन कमिटी गठन ,अध्यक्षमा मल्ल - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

गाउपालिका स्तरिय बोर्डिङ स्कुल एसोसिएसन कमिटी गठन ,अध्यक्षमा मल्ल



राजेन्द्र रावल / बौनिया ।
कैलालीको बर्दगोरिया गाउपालिकामा संचालित संस्थागत बिद्यालयका पदाधिकारीहरुको गाउपालिका स्तरिय बोर्डिङ स्कुल एसोसिएसन कमिटि गठन गरिएको छ ।

आईतवार बौनियामा रहेको साईनो होटेलको सभा हलमा एक कार्यक्रमको आयोजना गरि गाउपालिका भित्र रहेका निजि बिधालयका प्रिन्सीपल, शिक्षकको उपस्थितिमा उक्त कमिटी गठन गरिएको हो । जसको अध्यक्षमा प्रमोद मल्ल ,सचिब मा बिकास थापा,कोषाध्यक्षमा बुधराम चौधरी रहेका छन भने सदस्यहरुमा केशव बहादुर साउद र बसन्त ओलि रहेका छन ।

गाउपालिका स्तरिय बोर्डिङ स्कुल एसोसिएसनका सचिब बिकास थापाले संचालन गरेको कार्यक्रममा द शनराईज माबि का प्रिन्सीपल अजय मल्ल ,नोबेल माबि का प्रिन्सीपल राजेन्द्र भट्ट ,कोटा ग्रेस एकेडेमीका संस्थापक मोहन बहादुर कुवर, कैलाली ज्ञान ज्योति इङ्लिश स्कुलका संस्थापक सालिमान बोहरा,युनिक बोर्डिङ स्कुलका प्रिन्सीपल रबिन्द्र कठरिया लगाएतकाले बर्दगोरिया गाउपालिका भित्र रहेका संस्थागत बिधालयका समस्यालाई सबैले बुझेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रमोद मल्लले संस्थागत बिधालयका समस्या हरुको समाधानका लागी आफु लागी पर्ने बताए । साथै आफ्नो कार्यकालमा संस्थागत बिधालयले गर्ने सम्पुर्ण क्रियाकलापमा सबै बिधालयलाई समेटेर लग्ने बताए । कार्यक्रममा गाउपालिकाका भित्रका १७ ओटा बिधालयका प्रिन्सीपल र शिक्षकको सहभागिता रहेको थियो ।