गौचनलाई हानेको पेस्तोल कपनमा भेटियो ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गौचनलाई हानेको पेस्तोल कपनमा भेटियो !



काठमाडौं-

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको खबर आजको नागरिकमा छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८ राउन्ड गोलीसहित वसन्त थेवे र धनराज योङहाङलाई पेस्तोल, कटुवा पेस्तोलसहित बिहीबार बेलुका पक्राउ गरेको थियो।

पक्राउ परेका दुवैजना गौचनको गतिविधि निगरानीमा खटिएका र हत्यापछि हतियार लुकाएर राख्न संलग्न रहेको सूचना आएपछि पक्राउ गरेर अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको ब्युरोका डिआइजी पुष्कर कार्कीले जानकारी दिए।