गाउँपालिका प्रमुखले बलात्कारको घटना मिलाउँछु भन्दै ७ लाख लिएर फरार - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

गाउँपालिका प्रमुखले बलात्कारको घटना मिलाउँछु भन्दै ७ लाख लिएर फरार



काठमाडौं । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ की १४ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।

बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले राजेन्द्र अधिकारीलाई आइतबार राती साढे ९ बजे गिरफ्तार गरेको छ । बलात्कारको घटना मिलाइदिन्छु भन्दै गाउँपाालिका अध्यक्ष रवीन्द्र लिंग्देन, खगेन्द्र राजवंशी र टिकेन राजवंशीले पीडकबाट साता लाख रुपैयाँ लिइ पीडितलाई १ लाख रुपैयाँ मात्र दिएपछि घटना सार्वजनिक भएको हो । उनीहरूले २/२ लाख आफू राखेर बाँकी १ लाख पीडितलाई दिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको प्रहरीले स्थानीयको सहयोगमा घटनामा संलग्न राजेन्द्र अधिकारीलाई शनिबार राती साढे ९ बजे गिरफ्तार गरेको हो । अधिकारी उपर अनुसनधान भइरहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न गाउँपालिका अध्यक्षा रवीन्द्र लिंग्देन, खगेन्द्र राजवंशी र डिकेन राजवंशी हल्दीबारी प्रहरी चौकीका सई कुमार खड्काले बताउनुभयो ।

सइ खड्काले घटना सम्बन्धमा प्रहरीले पीडित र परिवारसंग पनि सुक्ष्म अनुसन्धान गरीरहेको जानकारी दिनुभयो ।