गाउँ पंचायतको यस्तो फैसला :बलात्कारको साटो बलात्कार गर्नु पर्ने - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गाउँ पंचायतको यस्तो फैसला :बलात्कारको साटो बलात्कार गर्नु पर्ने



पाकिस्तानको पंजाब प्रान्तको टोबा टेकसिंह जिल्लामा गाउँको एउटा पंचायतले अनौठो फैसला सुनाएको छ। स्थानीय भाषामा ‘जिरगा’ भनिने उक्त ग्रामसभाले १२ वर्षीय एक बालिकाको बलात्कारको मुद्दामाथि बहस पश्चात् ‘बलात्कारको साटो बलात्कार’को सजाय सुनाएको छ।

स्थानीय प्रहरी अधिकारी अल्लाह बक्सका अनुसार गाउँका बुज्रुकहरू सम्मिलित उक्त पंचायतले कथित बलात्कारी पुरुषकी १६ वर्षीय बहिनीको बलात्कारको आदेश दिएको हो।

यो घटना पंजाब प्रान्तको प्रादेशिक राजधानी लाहौरभन्दा दुई सय किलोमिटर टाढा टोबा टेकसिंह जिल्लाको पिर महल क्षेत्रमा भएको हो। प्रहरीले यस घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

प्रहरीका अनुसार २० मार्चमा पिर महल क्षेत्रको गरिबाबाद गाउँमा एक जनाले आफ्नै गाउँकी १२ वर्षीय बालिकाको बलात्कार गरेका थिए। पीडित बालिकाको परिवारले यस घटनाबारे प्रहरीमा गुनासो गर्ने कुरा गरेपछि पीडकले अदालत बाहिर नै मुद्दा मिलाउन अनुरोध गरेका थिए। त्यसपछि मुद्दा गाउँको पंचायतमा पुगेको बुझिएको छ।

पंचायतले ‘बलात्कारको बदला बलात्कार’ नै हुनुपर्ने भन्दै यसको बदलामा पीडित बालिकाको दाईलाई आरोपीकी बहिनीको बलात्कार गर्न आदेश डिएको हो।