गाउँ-गाउँमा वल्डकपको माहोल तातिदै - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

गाउँ-गाउँमा वल्डकपको माहोल तातिदै



ओम प्रकाश बानियाँ / बराहक्षेत्र नगरपालिका ५।

यति बेला चिया पसल देखि सामाजिक संजाल सम्म २०१८ मा हुने वल्ड कपको माहोल तातिएको छ ।

जेष्ठ ३१ गते देखि रुसमा हुने वल्डकपको चर्चा यति बेला सर्वत्र बजारमा चुलेको हो । सन् १९३० बाट सुरु भएको वल्ड कपले फुटबल प्रेमी दर्शकको मन खिचेको हो । कसैले अर्जेन्टिना, कसैले ब्राजिल त कसैले जर्मनी भन्दै आफ्नो आफ्नो समर्थक टिमको टिसर्ट लगाएर सामाजिक संजालमा फोटो पोस्ट गरिरहेका छन् ।

कतारमा लामो समय बस्दै आएका लेख कार्की आफ्नो आधिकारिक फेशबुक वालमा लेख्नुहुन्छ: चुनावको बेला फरक फरक धुर्वमा विभाजित हामी नेपाली फेरि वल्ड कपले बनाउने रहेछ खैर वल्ड कपको चर्चा अन्तर्राष्ट्रिय बजार मै बढेकोले एउटा अत्यन्तै राम्रो माहोलको सिर्जना पनि हुँदै गरेको बताउनु हुन्छ ।

२०१४ को वल्ड कपमा जर्मनी पहिलो र अर्जेन्टिना दोस्रो भएको थियो ।