गाउँ फर्क अभियान: फर्किनेलाई एक लाख रुपैयाँ अनुदान दिइने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

गाउँ फर्क अभियान: फर्किनेलाई एक लाख रुपैयाँ अनुदान दिइने



तनहुँ : ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। ऋषिङ फर्क अभियानअन्तर्गत जग्गाविहीन स्थानीयवासीलाई आवास निर्माणका लागि उक्त रकम अनुदान दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको छ। गत असार र साउन महिनामा परेको अविरल वर्षाका कारण बाढीपहिरोका कारण बस्ती स्थानान्तरणमा क्षति भएका परिवारलाई आवश्यकता हेरी आवास निर्माणका लागि ६० हजार रुपैयाँसम्म अनुदान दिने निर्णय गरेको छ।

उक्त बैठकले विद्यालयका इसिडी सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको न्यूनतम तलबमापन गर्ने शिक्षा समितिको प्रस्ताव सर्वसम्मत पारित गर्ने तथा सङ्घीय सरकारले व्यवस्था गरेअनुरुप न्यूनतम तलबमापन गर्ने निर्णय गरेको छ।