ओली र प्रचण्डको २ घण्टा वार्ता सकियो, गाँठो फुकेन ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओली र प्रचण्डको २ घण्टा वार्ता सकियो, गाँठो फुकेन !



काठमाडौँ– एकताको माहौल चिसिएको बेला आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको वान टु वान वार्ता सकिएको छ । झन्डै साढे २ घण्टा चलेको वार्तामा केपी ओलीको ट्वीट र चिसिएको सम्बन्धको बारेमा छलफल भएको बताइएको छ ।

वार्ताबारे आधिकारिक जानकारी सार्वजनिक नगरिए पनि स्रोतका अनुसार एकतामा आएको गतिरोध र एकार्काले गर्ने गरेको घोचपेचको विषयमा छलफल भएको बताइएको छ ।

यसै गरी सरकारले ल्याउन लागेको कार्यक्रम र बजेटबारेमा दुई नेताबिच छलफल भएको पनि बुझिएको छ ।

पार्टी एकता र सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीको एकलौटी व्यवहारका कारण माओवादीलाई पर्गेल्न खोजिएको विषयमा पनि कुरा भएको एक माओवादी नेताले बताए । उनले भने छलफल भयो तर ओलीजीले खासै गम्भीर तरिकाले लिनुभएको छैन । पछिल्लो समय उहाँ माओवादी र पार्टी एकता प्रति संकास्पद बन्नुभएको छ ।