सत्ता गठनबन्धन फुट्ने संकेत - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सत्ता गठनबन्धन फुट्ने संकेत



सत्ता गठनबन्धन फुट्ने संकेत देखिएको छ । सिट बाँडफाँटको किचलो बढ्दै गएपछि दलहरूले आआफ्नै तयारीमा जुटेका छन् ।

९ भदौमा बसेको कार्यदलको बैठकमा दलहरूले आआफ्ना खुलस्त दाबीहरू गरेका छन् । त्यसपछि गठबन्धनको भविष्य संकटमा पर्ने देखिएको हो।

दलहरूको दाबीलाई आधार मान्ने हो भनेमात्रै पनि तत्काल सहमतिको सम्भावना कम देखिन थालेको छ । दलहरूबीच सिटमा सहमति नजुट्दा गठबन्धनको भविष्यमै प्रश्न उठ्न थालेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूले ९ भदौसम्म सिट बाँडफाँट टुंगो लगाउने तीन दिनअघि सहमति गरेका थिए । शीर्ष तहका नेताहरूबीच भएको सहमति अनुसार ९ भदौसम्म कार्यदलले सिट बाँडफाँटमा सहमति जुटाउन सकेन । १० भदौ शुक्रबार पनि कार्यदलले छलफल गर्ने भएको छ ।

कांग्रेस पहिलाभन्दा कडा अडानसहित आएको भनेर गठबन्धनका अन्य दलले पनि अधिकतम दाबी गरेका छन् । कांग्रेसले एक सय सिटमा दाबी गरेको छ भने माओवादीले ६०, एकीकृत समाववादीले ४० र जसपाले २५ सिट दाबी गरेका छन् । अर्थात् एक सय ६५ सिटको निर्वाचन क्षेत्रमा गठबन्धनका दलहरूको दाबी २ सय २७ क्षेत्रमा पुगेको छ ।

शुक्रबार ४ बजे कार्यदलको बैठक बस्दैछ । यो बैठकले दलहरूको दाबीमाथि विश्लेषण गर्नेछ । अनि, संघ र प्रदेशमा दलहरूको अवस्थामाथि विश्लेषण गर्नेछ । उक्त विश्लेषणपछि दलहरूको वास्तविक शक्ति पहिचान हुने र त्यसआधारमा सिट बाँडफाँटका लागि बलियो आधार तयार हुने बताइएको छ ।

कतिपयले गठबन्धनले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्ने र अन्तिम समयमा कांग्रेस एक्लै चुनाव लड्ने परिस्थिति आउने पनि टिप्पणी गर्न थालिसकेका छन् ।