सिट बाँडफाँटमा कांग्रेस लचिलो भएपछि गठबन्धन सहमति नजिक - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

सिट बाँडफाँटमा कांग्रेस लचिलो भएपछि गठबन्धन सहमति नजिक



सिट बाँडफाँटमा नेपाली कांग्रेस लचिलो भएपछि गठबन्धन सहमति नजिक पुगेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा कांग्रेस लचक भएको हो।

एक नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ। त्यसपछि नेताहरूले सहमति नजिक रहेको बताएका छन् ।

बिहीबार बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दाबी गरेको सय सिटबाट कांग्रेस तल झरेको एक नेताले बताए।

कांग्रेसले ९० सिटको नयाँ प्रस्ताव राखेको छ, यसअघि दाबी गरेको सय सिटबाट पछि हटे पनि अझै कुरा नमिलेको तर सहमति नजिक भएको नेताहरूले बताएका छन् । गठबन्धनका अन्य दलले कांग्रेसले ८० भन्दा बढी दाबी गर्न नहुने अडान राखेका छन्।

कांग्रेसले आफ्नो दाबी छोड्नेबित्तिकै कुरा मिल्ने ती नेताहरुको तर्क छ। मुख्य कुरा कांग्रेसको अडानले रोकिएको बताइएको चाह । अन्य दलमा समस्या नभएका कारण सहमति हुनेमा नेताहरू आशाबादी छन् ।

कांग्रेस लचक भएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) पनि आफ्नो अडानबाट पछि हट्न तयार छन्। पहिला कांग्रेसले सहमति गर्नुपर्ने उनीहरुको सर्त छ।

स्रोतका अनुसार चार दलले कांग्रेसलाई ८० देखि ८५ सिटमा ल्याएर सहमति गराउन चाहेका छन्। अन्य चार दलले ७५ देखि ८० सिट बाँडफाँट गर्न चाहेका छन्। सिट संख्यामा सहमति गरेपछि मात्र निर्वाचन क्षेत्रमा छलफल गर्ने गठबन्धनको तयारी छ।