के छ गठबन्धनले दिने खुसीको खबर ? - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

के छ गठबन्धनले दिने खुसीको खबर ?



काठमाडौं- सत्तारुढ शीर्ष नेता र कार्यदलको बैठकले सिट बाँडफाँट टुंग्याएको दाबी गरिएको छ । कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरिसकेको छ ।

त्यस्तै सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनता समाजवादी पार्टीले गठबन्धन छाडेर जाने भन्ने खबर सत्य नभएको बताएका छन्।

बिहीबार बसेको सत्तारुढ शीर्ष नेता र कार्यदलको बैठकमा मधेश प्रदेशबाहिर प्रदेश १ का धनकुटा र मोरङ ५ पनि जसपाले मागेपछि कार्कीले यसो भनेका हुन्।

उनका अनुसार बिहीबार कार्यदलद्वारा शीर्ष नेतृत्वलाई प्रतिवेदन पेश भएको छ।

‘प्रतिवेदनलाई लिएर कार्यदल र नेतृत्वबीच छलफल भयो। छलफल लामो भए पनि बाँकी कुरा मिलाउन भोलि पनि जारी रहन्छ’, उनले भने,’हामीले हाम्रो दृष्टिकोण राखेका छौँ। शीर्ष नेताहरुबीच थप छलफल गरेर देशवासीलाई खुसीको खबर दिनेछौँ।’

उनले बाहिर उठेका कुरा विश्लेषण गरेर प्रतिवेदन लेखेको पनि बताए। ‘न्यायोचित ढंगले सिट बाँडफाँट हुन्छ, सम्मानजनक सिट बाँडफाँट हुन्छ’, उनले भने, ‘सबैले मैले जितेको छु भन्ने गरी सिट बाँडफाँट हुन्छ। सिटकै कारण जसपा गठबन्धनबाहिर जाने कुरा कल्पनाबाहिरको हो।’