विपक्षी गठबन्धनले निकाले संयुक्त विज्ञप्ति: सर्वोच्चले संविधानको रक्षा गरोस् - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

विपक्षी गठबन्धनले निकाले संयुक्त विज्ञप्ति: सर्वोच्चले संविधानको रक्षा गरोस्



काठमाडौं । विपक्षी गठबन्धनले संयुक्त विज्ञप्ति निकालेर सर्वोच्च अदालतले संविधानको रक्षा गर्न अपील गरेका छन् । गठबन्धनमा रहेका पाँच दलका नेताले संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बताएका हुन् ।

“संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सवोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ । लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गरिएको छ ।