गठबन्धनको महत्वपूर्ण बैठक बस्दै
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ।
नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले आज सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए।
दिउँसो ३ बजे बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने गुरुङको भनाइ छ।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ।