एमसीसी टेवल गर्ने सहमतिले गठबन्धनभित्रै बबण्डर - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

एमसीसी टेवल गर्ने सहमतिले गठबन्धनभित्रै बबण्डर



काठमाडौं- एमसीसी टेवल गर्ने सहमतिले गठबन्धनमा बबण्डर मच्चिएको छ । गठबन्धनका केही नेताहरू बसेर गरेको सहमतिले अन्य नेताहरू असन्तुष्ट बनेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति जनाएका छन्।

यस्तै माओवादी केन्द्रकी नेतृ रेखा शर्माले पनि कार्यव्यवस्था समितिमै फरक मत राख्ने बताएकी छन् । त्यतिमात्रै होइन माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि असहमती जनाएका छन् ।

खनालले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने भन्दै असहमति जनाएका हुन्।

उनले भने, यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ रु यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो।’