सिट बाँडफाँट गर्न असफल भयो गठबन्धन- अन्तिम बैठकमा पनि जुटेन सहमति
लगातार छलफल र प्रयास गर्दा पनि प्रतिनिधि सभा तथा प्रदेश सभाको सिट बाँडफाँटका लागि बनेको कार्यदल सहमति जुटाउन असफल भएको छ।
बुधबार अन्तिम बैठक बसि सहमति भएजति विषयमा शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी थियो। तर सहमति प्रयास असफल बनेको छ ।
आज पनि सहमति नजुटेको कार्यदलका एक सदस्यले बताए। अन्तिम भनिएको बैठकमा पनि सहमति नजुटेपछि अब शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र उठेका विषयबारे काङ्ग्रेसले ब्रिफिङ गर्ने बताइएको छ।
नेपाली कांग्रेसको तर्फबाट कार्यदल सदस्यले पार्टीका शीर्ष नेतालाई कार्यदलमा भएको प्रगतिबारे ब्रिफिङ गरेका छन्।
बालुवाटारमा शीर्ष नेतालाई ब्रिफिङ भइरहेको बताइएको छ । मंगलबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेस ८० सिटको वरिपरि आउनसक्ने दाबी गरेका थिए।
कात्यदल सहमति जुटाउन असफल भएपछि शिर्ष नेताहरूले यसमा प्रयास गर्नेछन् ।