गठबन्धनमा ९० प्रतिशत सहमति - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गठबन्धनमा ९० प्रतिशत सहमति



सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। गठबन्धनले करिब ९० प्रतिशत सिटमा सहमति गरिसकेको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्।

धनुषा –१, सिरहा–३ सहितका केही निर्वाचन क्षेत्रमा माओवादीसहित गठबन्धनमा रहेका दलहरूले दाबी गरेका छन्।

सहमति जुट्न बाँकी रहेका निर्वाचन क्षेत्रका विषयमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू शुक्रबार पहिला छलफलमा जुट्ने छन्।

उनीहरूबीच सहमतिपछि सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू शुक्रबार दिउँसो १ बजे पुन;छलफलमा बसेर सहमतिमा पुग्ने प्रयास गर्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।