सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु



सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु भएको छ । निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार मृतकमध्ये दुई जनाको सनाखत भएको छ । मृतकमध्ये दोलखा सिपाश्वरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय सञ्जुक लामाको सनाखत भएको हो । अन्य दुई जनाको भने ठेगाना पूरै खुल्न बाँकी छ ।

शवहरू चिन्नै नसकिने गरी क्षतविक्षत अवस्थामा रहेकाले टाउकाका आधारमा व्यक्ति पहिचान गरिएको प्रहरीले जनाएको छ । स्थानीयले अन्य दुई जना पनि हराइरहेको बताएकाले उनीहरूको पनि सोही घटनामा मृत्यु भएको अनुमान गरिएको छ ।

उक्त हाइड्रोपावरमा काम गर्ने कामदारले भान्सा कोठामा खाजा पकाउने बेला सोमबार साँझ ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले पैहरीले जनाएको छ ।