पशुपति र मञ्जुलाई यति धेरै गाह्रो किन भयो ? (भिडियो समेत) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पशुपति र मञ्जुलाई यति धेरै गाह्रो किन भयो ? (भिडियो समेत)



पशुपति शर्मा र मञ्जु पौडेल साङ्गीतिक जगतका लोकप्रिय नाम हुन् । दर्शक श्रोतालाई आफ्नो कला र गलाले प्रसन्न पार्ने कार्यमा उनीहरू तल्लीन छन् भन्ने नयाँ उदाहरण भर्खरै रिलिज भएको गाह्रो हुन्छ फेरी भन्ने नयाँ गीतले पुष्टि गर्दछ ।

उसो त पौडेल र शर्माले बजारमा ल्याएका हरेक गीत उत्कृष्ट छन् । यसपालि बजारमा ल्याएको गीतमा झनै मेहनत गरेको देखिन्छ । फरक शैली र फरक स्वादको यो गीतमा सङ्गीत, स्वर, दृश्य निर्माण लगायत सबै पक्षमा अत्यन्तै मेहनत गरेको देखिन्छ । पशुपति शर्माले निर्माण गरेका सबैजसो गीतमा केही नुतन अभ्यास गरिएको हुन्छ भने मञ्जु पौडेलका गीतमा बजारलाई नयाँ नयाँ स्वादका कोसेली पाइन्छ तर यो गीतमा युवालाई लक्षित गरी माया र प्रेमका कुरालाई निकै स्वादिलो पाराले उठाइएको छ ।

यो गीतको सङ्गीत निर्देशनको पाटो पनि उत्तिकै अब्बल छ । एक हजार भन्दा बढी गीतमा सङ्गीत गरेका सङ्गीतकार अर्जुन पोखरेलले निकै मिठास भरेको पाइन्छ । युवा अवस्था र कलेज जीवनका प्रेमिल पलहरूलाई रोमान्चक पाराले देखाइएको यो गीतको भिडियोको निर्देशन विवेक खड्काले गरेकाका छन् भने शब्द यादव लम्सालले तयार परेका छन् । यस गीतलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको छ ।

भिडियो: