गर्ल्स होस्टलमा युवतीको हत्या !
ललितपुरमा एक युवती शंकास्पद अवस्थामा मृत भेटिएकी छन् । ललितपुरको थेचोमा रहेको सोनाम एकेडेमीको गर्ल्स होस्टलमा बस्ने १५ वर्षीया मेरिका राना होस्टलभित्रै शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।
राणा कक्षा १० मा अध्ययनरत छात्रा हुन् । प्रहरीका अनुसार बिहीबार दिउँसो होस्टलको कोठाभित्रै झुन्डिएको अवस्थामा रानाको शव भेटिएको हो ।
तर रानाको परिवारले उनको हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएपछि प्रहरीले एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशकलाई पक्राउ गरेको छ ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको चापागाउँस्थित महानगरीय प्रहरी वृत्त ललितपुरले जनाएको छ ।

