गरे स्वदेश कै माटोमा सुन फलाउन सकिन्छ ! - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

गरे स्वदेश कै माटोमा सुन फलाउन सकिन्छ !



ओम प्रकाश बानियाँ/दोहा, कतार

हामी नेपाली सबैलाई एउटा भान परेको छ कि नेपालमा केही पनि हुँदैन, यहाँ केही गर्ने सकिँदैन भन्ने । तर यो कुरामा बिल्कुलै असहमति जनाउदै सुनसरी जिल्लाको बराह नगरपालिका वाड न. २ मा एक युवाले मिनी सपिङ सेन्टर खोले ।

धरान महेन्द्र कलेज बाट स्नातकोत्तर सकेका ती युवा हुन् भविन राउत । फुर्सदको समयमा सामाजिक काम गर्ने रुचाउने राउत अहिले व्यवसायमा होमिएका छन् । अहिले पनि उनी फुर्सदको समयमा सामाजिक काममा सक्रिय छन् ।

२०७४ असोज ६ गते विधिवत रूपमा उद्घाटन गरिएको सो सपिङ सेन्टर अहिले त्यस क्षेत्रको बासिन्दाका लागि सरल, सहज रूपमा सामान पाउने एक गन्तव्यको रूपमा स्थापित बनेको छ । ५ भाइ छोरा ४ दिदी-बहिनी मा उनी काईलो छोरा हुन् ।

घरको पुर्खौली पेसा व्यापार भएको कारण आफूलाई प्रति आकर्षित गरेको बताउँदै अबको केही समय पछि २/३ जनालाई रोजगारी समेत उपलब्ध लक्ष्य रहेको उनी बताउछन् । राउत फेरि थप्छन् अबको ५ वर्ष भित्र यसलाई सुविधा सम्पन्न सुपर मार्केट बनाउने लक्ष्य रहेको उनी बताउँछन् ।

युवा युवा बिच राजनीतिक दलको कारण एकले अर्कोलाई गाली गोलज गरेर दिन बिताउदै गरेको हामी नेपालीलाई मेहनत गरे नेपालमै सुन फल्छ भन्ने कुराको राम्रो उदाहरण आफूले दिन खोजेको उनी बताउछन् ।

मासिक ८ हजार भाडा रहेको उक्त सटरमा अहिले विभिन्न किसिमका सामान सुपत मूल्यमा पाइन्छ । त्यस क्षेत्र कि ग्राहक प्रतिमा बानियाँ भन्छिन अहिले यो सपिङ सेन्टर खोलेर हामीलाई निकै सहज भएको छ । पहिला सुरु सुरुमा यहाँ सामान महगो हो कि जस्तो लाग्थ्यो पछि जब किनमेल गरिम यहाँ निकै सस्तोमा सामान मिल्दो रहेछ । अहिले हामीलाई चाहिने सबै किसिमका सामान यही बाट किनमेल गर्छौँ ।

५ लाख लगानी बाट आफूले व्यापार थालेको स्मरण गर्दै राउत भन्छन् अहिले ग्राहकको माग अनुसार लगानी थप्ने काम भइरहेको छ । पहिला भन्दा अहिले व्यापारमा निकै सुधार भएको उनी बताउँछन । राजनीतिक दललाई मात्रै सराप्नु/गाली गर्नु भन्दा आफूले केही सानो काम थालनी गरे देश आफैँ बन्छ भन्ने उनको तर्क छ ।

आफ्नो वडामा यति लगनशील भएर यहाँको जनताको सुविधा सम्पन्न मिनी सुपर मार्केट खोली स्वदेशमा बसेको धन्यवाद व्यक्त गर्दै राउतको वडाध्यक्ष हरिकृष्ण भट्टराईले प्रशङ्सा गर्नु भयो । अरू युवाहरूले पनि उनको जस्तो स्वदेश मै केही गरे आफ्नो ठाउँ र देश बन्न कति पनि समय नलाग्ने वडाध्यक्ष भट्टराई बताउछन् ।