गर्भ बसेपछि गुल्मीमा एक युवकले प्रेमिकाको हत्या - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

गर्भ बसेपछि गुल्मीमा एक युवकले प्रेमिकाको हत्या



गुल्मी  ।। गुल्मीमा गर्भ बसेपछि एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ । हत्या आरोपमा बिहादी-८, ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई प्रहरीले पक्रेको छ ।

बुधबार साँझ कालिगण्डकी गाउँपालिका ४, घुमाउनेमा जैनिनी-२, धुसेनीकी २२ वर्षीया कमला शर्माको शव भेटिएको थियो । अनुसन्धानका क्रममा प्रदीपले प्रेमिका कमलाको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

‘मृतक कमला र प्रदीपबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । विस्तारै सम्बन्ध बढ्दै गर्दा उनीहरुबीच शारीरिक सम्पर्कसमेत भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले भने, ‘गर्भ बसेपछि युवतीले विवाह गरौं भनेर पटकपटक कर गर्दा घटना भएको देखिन्छ ।’

बयानमा समेत पराजुलीले उक्त कुरा स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । कमलाको शवलाई परिवारको अनुरोधमा बाग्लुङ अस्पतालमा पोष्टमार्टम गर्ने गरी जिम्मा लगाइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साङ्केतिक तस्बिर :