ठाकुर गैरेले भने: मधेश प्रदेश नाम राखिनुको उद्देश्य शंकास्पद - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ठाकुर गैरेले भने: मधेश प्रदेश नाम राखिनुको उद्देश्य शंकास्पद



काठमाडौ- नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रदेशको नामभन्दा त्यसपछाडि निहित उद्देश्य प्रमुख कुरा भएको बताएका छन्।

प्रदेश २ को नाम घोषणा हुनेबित्तिकै गैरेले आशंका व्यक्त गर्दै त्यसको पछाडिको उद्देश्य शंकास्पद भएको बताएका छन् ।

सोमबार प्रदेश सभाकाे बैठकबाट प्रदेश नम्बर २ को नाम मधेस र राजधानी जनकपुरधाम कायम भएको घोषणा हुनासाथ एमाले नेता गैरेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।

‘प्रदेशको नाम के पास भयो ठूलो कुरा होइन, मुख्य कुरा नामका पछाडिको निहित उद्देश्य के छ भन्ने हो’, गैरेले लेखेका छन्, ‘राष्ट्रिय एकता, भौगोलिक, अखण्डता र स्वाभिमान मुख्य हुनेछ।’

सोमबार प्रदेश सभा बैठकमा मतदान गरी प्रदेश नम्बर २ को नाम मधेस र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरिएको हो।