अस्ट्रेलियामा गाँजा वैध बनाउने विधेयक पारित - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

अस्ट्रेलियामा गाँजा वैध बनाउने विधेयक पारित



एजेन्सी – व्यक्तिगत प्रयोजनका लागि गाँजा राख्न पाइने अस्ट्रेलियाको पहिलो शहर क्यानबेरा बनेको छ ।

गाँजा वैध बनाउने विधेयक बुधवार अपराह्न संसद्ले पारित गरेको हो । विधेयक पारित गराउन लेबर पार्टी र ग्रीन पार्टीको समर्थन थियो । १८ वर्षभन्दा माथिका मानिसले गाँजाको ५० ग्राम बोक्न पाउँछन् अनि दुईवटा बोट हुर्काउन पनि पाउँछन् ।

एउटा घरमा जम्मा चारवटा मात्र गाँजाको बोट राख्न पाइन्छ तर पानीमा गाँजा उमार्न चाहिँ अवैध छ । यो कानून सन् २०२० को जनवरी ३१ बाट मात्र लागू गरिनेछ ।

स्वास्थ्यमन्त्री रेचल स्टिफन–स्मिथले विधेयकमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । लेबर पार्टीका माइकल पेट्टरसनले यो विधेयक प्रस्ताव गरेका हुन् ।

उनले ल्याएको विधेयकमा संशोधन गर्दै गाँजा बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्ने अनि वयस्कले बालबालिकाका अगाडि गाँजा सेवन गर्न नहुने र सामुदायिक बगैंचामा गाँजाखेती गर्न नपाइने प्रावधान राखिएको छ ।

गाँजालाई फौजदारी नभई स्वास्थ्यको विषय बनाउने उद्देश्यले विधेयक ल्याएको पेट्टरसनको भनाइ छ ।