गंगा दाहालले दिएको पिडा बोकेर कमरेड खुमलटार पुगेपछि... - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

गंगा दाहालले दिएको पिडा बोकेर कमरेड खुमलटार पुगेपछि…



पति छन्, विप्लव नेकपामा भूमिगत।

पत्नी भन्छिन्, ‘सक्छस् भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर। सक्दैनस् भने म के गर्छु, कहाँ जान्छु, सोधखोज गरेर नबस्।’

विप्लव नेतृत्वको पार्टी र नेकपा अध्यक्ष प्रचण्डबीच ‘सम्बन्धविच्छेद’ भइसकेको भनिए पनि एक जना जिम्मेबार युवाको पारिवारिक तनावबारे उजुरी पुगेको छ, खुमलटार।

‘व्यक्तिगत मामिलामा अध्यक्षको तहबाट समाधान नखोजौँ’ भन्ने जबाफ बोकेर प्रचण्डसँग कुरा गर्न पुगेका विप्लव नेकपाका नेता त फर्किए तर समस्या झन् चर्किंदो रहेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

गत वर्ष पेरिसडाँडामा सहकर्मी नारायण खनालको टाउको फुटाएपछि चर्चामा आएकै घटनाको अर्को रुप हो।

त्यतिबेला पत्नीमाथि दुव्र्यवहार भयो भन्ने नाममा उनैलाई साथ दिएका विप्लव नेकपाका युवा नेता यतिबेला पत्नीबाट असाध्यै पीडामा परे भनी प्रचण्डकहाँ कुरा पुर्याइएको छ।

गुनासो गरिएकी महिला हुन्, अखिल नेत्री गंगा दाहाल (सिन्धुली)।

विप्लव नेकपाका उपत्यका व्युरो कमिटी सदस्य अर्जुन राउतसँग ६ वर्षपहिले विवाह भए पनि दुई वर्षदेखि उनीहरु सँगै छैनन्।

एक वर्षदेखि अर्जुन भूमिगत छन्। उनले गंगालाई आफूसम्बद्ध पार्टीमै काम गर्न भनेका थिए।

तर, गंगा ब्युरो सदस्य माग गरिन्, जुन सम्भव छैन।

यसपछि अर्जुनले सम्बन्धविच्छेदको माग गरे। तर, गंगाले मानिनन्।