नेपाली जनसम्पर्क समिति नर्वेले मनायो स्वर्गीय गणेशमान सिंहको १०१ औं जन्म दिन - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

नेपाली जनसम्पर्क समिति नर्वेले मनायो स्वर्गीय गणेशमान सिंहको १०१ औं जन्म दिन



नेपाली जनसम्पर्क समिति द्वारा आयोजित स्व गणेशमान सिंह ज्यूको १०१ औं जन्म जयन्ति नेपाली जनसम्पर्क समिति नर्बेका सभापति जीबन बहादुर शाहीको अध्यक्षतामा भब्यताका साथ नर्बेको ओस्लोमा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा नेजस नर्बेका बरिष्ट महा-मन्त्री सुदीप राज पान्डेले बोल्दै गणेशमान प्रजातान्त्रिक आन्दोलनका एक सिपाही, जसले अफ्नो सम्पूर्ण जिबन जनताको अधिकार प्राप्तीका लागि समर्पण गर्नुभयो र जन- आन्दोलन २०४६ को नेतृत्व गर्दै सफलता प्राप्त गरेको उल्लेख गर्दै पद र शक्तिको प्रबाह नगर्ने एक निष्ठावान राजनेता रहेको र उहाँ सम्पुर्ण नेपाली काँग्रेस नेता कार्यकर्ताका लागि प्रेरणाको स्रोत रहेको प्रकाश पार्नुभयो।

मन्तब्यकै क्रममा बोल्दै नेजस मह-मन्त्री केशब पुरी, कोषाध्यक्ष बिष्णु प्रसाद सापकोटा, सदस्य सुर्य सुबेदी, सल्लाहकार गणेश कुमार उपाध्यायले स्व गणेशमान सिंह ज्यूको योगदानको चर्चा गर्नुभयो। नेजस नर्बेका प्रतिनिधि देबेन्द्र के सी ले लौह पुरुष सर्बमान्य नेता स्वर्गीय गणेश मान सिंह ज्यू आज हामी बिच नरहे पनि वाहा ले हामी बिच पर्तिपादन गरेका बिचार हरु अमर छन ।15050052_1177723568975277_1297288061_n

हामी ले वाहाका बिचार हरु लाई आत्मसात गर्दै आपसी एकता सदभाव मित्रता र शान्तिमा समर्पित भएर प्रजातन्त्रलाई बलियो बनाउन सकेको खण्डमा नै वाहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ बताउनु भयो। नेजस नर्बेका सभापति जीबन बहादुर शाहीले गणेशमान ज्यूले डोर्याएको बाटोमा सही मानेमा नेजस नर्बेका साथीहरु हिडन जरुरी भएको बताउदै नेजस नर्बेलाई एक प्रतिष्ठित संस्थाका रुपमा बिकास गर्दै लैजानुपर्ने बताउनु भयो। कार्यक्रमको संचालन नेजस नर्बेका सह महा-मन्त्री मधु सुदन पौडेलले गर्नुभयो।कार्यक्रमकै क्रममा बोदो नर्बेबाट बरुण पौडेल र नेपालबाट कृष्ण सापकोटाको सुभकामना सन्देश संचालक पौडेलले पढेर सुनाउनु भयो।

कर्ण बहादुर अधिकारीको सहयोगमा