गणेशमान सिंहको असली उत्तराधिकारी म हुँ- रवीन्द्र मिश्र - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

गणेशमान सिंहको असली उत्तराधिकारी म हुँ- रवीन्द्र मिश्र



काठमाडौं- राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसका महान नेता गणेशमान सिंहको असली उत्तराधिकारी आफू भएको बताएका छन् । काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मिश्रले नेपाली कांग्रेसमा प्रचण्डीकरण भएको टिप्पणी समेत गरेका छन्। उनले कांग्रेस बीपीकरण र गणेशमानकरण हुनुपर्नेमा प्रचण्डीकरण भएकै कारणले आफू राजनीतिमा आएको बताए।

उनले भने, ‘कांग्रेस गणेशमानजीको सुपुत्र आज प्रकाशमान जी आज मेरो १५ वर्ष सांसद भएपछि मेरो प्रतिस्पर्धी हुनुभएको छ। मलाई यहाँ उभिएर दाबी गर्न अप्ठ्यारो छैन। गणेशमानजीका सुपुत्र प्रकाशमान जी रगतले उहाँको उत्तराधिकारी हुनुहुन्छ। राजनीतिक रूपमा यो देशको लागि संवैधानिक राजसंस्था र यो देशलाई शिरमा राखेर दृढताको साथ अघि बढ्ने राजनीतिक उत्तराधिकारी म हुँ।’

उनले आफूले भोट तान्नको लागि गणेशमानजीको उत्तराधिकारी आफू भएको नबताएको जिकिर गरे। उनले गणेशमानको राजनीतिको प्रशंसा र र कांग्रेसको प्रचण्डीकरण भएको आलोचना गर्न थालेको धेरै भएको बताए।