पोखराका गणेश पौडेलले पाएको चुनाव चिन्ह 'लौरो' तीन घण्टामै खोसियो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पोखराका गणेश पौडेलले पाएको चुनाव चिन्ह ‘लौरो’ तीन घण्टामै खोसियो



काठमाडौं– अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेललाई निर्वाचन आयोगले दिएको लौरो चुनाव चिन्ह तीन घण्टामै खोसिएको छ ।

उनले शनिबार लौरो चिह्न पाएका थिए । चिन्ह पाएलगत्तै उनले त्यसलाई सामाजिक सञ्चालमा राख्दै प्रचार पनि गरेका थिए ।

तर, निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको तीन घण्टा नबित्दै सो चिह्न दिन नमिल्ने भन्दै फोन गरेको उनले बताएका छन्।

‘अभियानबाट त्रसित दलको प्रभावमा निर्वाचन आयोगले हामीलाई ३ घण्टा अघि नै प्रदान गरेको चुनाव चिन्ह ‘लौरो’ लाई अहिले आएर ‘दिन नमिल्ने’ भन्ने प्रकारको फोन जानकारी गराएको छ’, उनले फेसबुकमा लेखेका छन्।

आफैंले दिएको सूची मध्येबाट पाएको चिह्नलाई ‘दिन नमिल्ने’ भनेर निर्वाचन आयोगले आफू ‘निष्पक्ष’ नरहेको संकेत दिएको उनको भनाइ छ।

उनले साँझ अबेरसम्म पत्रकार सम्मेलनको तयारी गरिरहेको बताएका छन्।

उनले पोखरामा अटेरीको प्रभाव अत्यधिक रहेको हुनाले निर्वाचन आयोगका कर्मचारी कुनै न कुनै तरिकाले दलीय प्रभावमा परेको बताएका छन् । उनले निर्वाचन आयोगले बोलाएको बैठक बहिस्कार गर्ने बताएका छन् ।