गण्डकी विकास बैंक अब इतिहासमा मात्र: मेटियो नाम निसान - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

गण्डकी विकास बैंक अब इतिहासमा मात्र: मेटियो नाम निसान



काठमाडौं- गण्डकी विकास बैंक अब इतिहासमा मात्र सिमित हुने भएको छ । मेगा बैंक नेपालले प्राप्त गर्ने सहमती भएपछी यस्तो अवस्था आएको हो ।

पछिल्लो समय बैंकहरूलाई कारोवारमा अत्यन्तै जटिल परिस्थिति आएपछि गण्डकी विकास बैंक सञ्चालकहरूले कम्पनीलाई मेगालाई सुम्पने निर्णय गरेका हुन् ।

मेगा बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भैसकेको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतको रोहवरमा आज सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेको बुझिएको छ।

यो प्राप्तिपश्चात् मेगा बैंकको पूँजी, व्यवसायको आकारका साथसाथै ठूलो शाखा भएको ‘क’ वर्गको वाणिज्य बैंकका रुपमा स्थापित हुने भएको छ भने गण्डकी विकास बैंकको नामोनिसान मेटिने भएको छ ।

गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रियालगायत नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य अब प्रक्रियामा जानेछ । असार मसान्त २०७६ को तथ्याङ्कअनुसार दुवै बैंकको संयुक्त निक्षेपको आकार रु एक खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार रु ९८ अर्ब रहेको र हालको शाखा सङ्ख्या १९१ पुगेको छ ।