गौतम गम्भीर हराएको भन्दै रुख-रुखमा पोष्टर - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गौतम गम्भीर हराएको भन्दै रुख-रुखमा पोष्टर



एजेन्सी- भारतीय जनता पार्टीका सासंद तथा पूर्वकिक्रेटर गौतम गम्भीर हराएको भन्दै पोष्टर दिल्लीका सडकछेउका रुखहरूमा टाँसिएका छन्।

गत शुक्रबार वायु प्रदुषणको विषयमा बसेको शहरी विकास संसदीय समितिको बैठक छुटाएपछि दिल्लीवासीले गम्भीरको विरोध गर्दै उनको तस्बिर टाँसेका हुन्।

पोष्टरमा गौतम गम्भीर हराइरहेको र पछिल्लो पटक इन्दोरमा जेरी खाँदै गर्दा देखिएको भन्ने सन्देश लेखिएको छ। गम्भीरलाई पुरै दिल्लीले खोजिरहेको सन्देश पनि पोष्टरमा छ।

नयाँदिल्लीमा वायु प्रदुषणका कारण जनजीवन प्रभावित भएको छ। विद्यालयहरु बन्द छन्।