गल्छीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गल्छीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु



धादिङ— पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा काठमाडौं चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर्जन र वडा नं १२ का ३१ वर्षीय कविकुमार महर्जनको मृत्यु भएको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मुग्लिनबाट काठमाडौं तर्फ गइरहेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासी जाँदै गरेको बा ४ ख ५१०३ को माइक्रो बसमा ठोक्किएर पल्टिएको थियो । उक्त मोटरसाइकलमा सवारलाई ना ६ ख ५६१४ नम्बरको लुम्बिनी ट्रक यातायातले किचेको प्रहरीले जनाएको छ ।

ट्रक चालक धादिङ थाक्रे ४ का ३५ वर्षीय राजु अर्याल र माइक्रो बस चालक नवलपरासी अरुणखोला नगरपालिका–१ बस्ने ३७ वर्षीय धनबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।फाईल तस्विर