प्रकाश सपुतलाई आईजीपी खनालले फोन गरेपछि... - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

प्रकाश सपुतलाई आईजीपी खनालले फोन गरेपछि…



काठमाडौं – पछिल्लो समय प्रकाश सपुतको चर्चा चुलिएको छ । संगीत क्षेत्रमा गायक प्रकाश सपुतको ‘गलबन्दी’ गीतेले एउटा छुट्टै बाढी नै ल्याएको छ । गीतले हालसम्म युटयु्वमा ८० लाखभन्दा बढीपटक हेरिएको छ ।

उनै गायक प्रकाशलाई आईजीपी सर्वेन्द्र खनालले फोन गरेर राम्रो र मौलिक गीत प्रस्तुत गरेको भन्दै बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका छन् । प्रकाशले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यो कुराको जानकारी दिएका छन् ।

प्रकाशले लेखेका छन् ‘म जहाँ पुगेको छु, त्यहाँ केवल ‘गलबन्दी’को सफलताको चर्चा मात्र भएको छैन् । लोकसंगीत र मौलिकताको सवाल समेत दह्रो गरि उठेको छ ।’

उनले यसअघि लोकदोहोरी गीतका नियमित स्रोता–दर्शक बाहेकको पनि लोकदोहोरी गीतप्रति आकर्षण बढेको दाबी गर्छन् । उनले अगाडी लेखेका छन् ‘हिजो मात्रै यसअघि व्यक्तिगत चिनजान नभएपनि आईजीपी सर्वेन्द्र खनाल ज्यू ले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनुभएकोमा धन्यवाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।’

प्रकाशले अन्नत नेपालीलाई नेपालीपन नै मनपर्ने भएकाले आगामी दिनमा यस किसिमका सिर्जनालाई निरन्तरता दिने बताए ।