गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग २’ सार्वजनिक - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग २’ सार्वजनिक



काठमाडौं । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार यदिन गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग २’ सार्वजनिक गरिएको छ । गजमेरले आफ्नो एकल रचनामा यसअघि मेरो प्राणनाथ भाग १ ल्याएका थिए ।

प्रख्यात धर्म गुरुहरु तथा आफ्ना मातापिताको उपस्थितमा अमेरिकामा उक्त एल्वम सार्वजनिक गरिएको हो । भाग २ एल्बमका गितमा मर्मस्पर्शी शब्द तथा रचना छ ।
प्राणनाथ कुनै सांसारिक व्यक्तिको नाम नभएर समस्त चराचर प्राणीहरूका एक मात्र मालिक हुन्, विमोचन कार्यक्रममा गजमेरले भने, ‘ब्रम्हा, विष्णु र शंकर आदिनारायण एवं समस्त पैगंमर, तीर्थंकर अवतारहरूले पनि यस २८ औं कलियुगमा श्री प्राणनाथजीको आगमनको प्रतीक्षा अखंड मुक्तिका लागि गरिरहेका थिए । तसर्थ सबैलाई दिव्य तारतम ज्ञानद्वारा सबै धर्म ग्रन्थहरूको भेद खोलेर अखंड मुक्ति दिन आई सक्नु भएकोछ मेरो प्राणनाथ, तपाईंको प्राणनाथ र हामी सबैको प्राणनाथ ।’

मेरो प्राणनाथ भाग २ मा ७ वटा गीत समावेश गरिएको छ । सबै गीतमा संगीत यदिन गजमेरकै छ । उक्त एल्बममा समावेश भएका गीतहरूमा स्वर भने शिब परियार, स्वरुपराज, अनुप रेग्मी, विश्व नेपाली, नरेन्द्र प्यासी, बानीका प्रधान, प्रविशा अधिकारीको छ ।
यदिन गजमेर भजन मात्र नभै नेपाली आधुनिक गीतहरूलाई पनि संगीत गर्दै आइरहेका छन् । यसअघि उनले थुप्रै गीतमा संगीत दिइसकेका छन् ।