अचम्मको संयोग: दाई गजेन्द्रले राजीनामा दिँदा भाई मन्त्रीमा नियुक्त हुँदै - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

अचम्मको संयोग: दाई गजेन्द्रले राजीनामा दिँदा भाई मन्त्रीमा नियुक्त हुँदै



काठमाडौं- विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । तर उनकै भाई सुरेन्द्र हमाल भने आज लुम्बिनी प्रदेशको मन्त्री नियुक्त हुँदैछन् ।

तीन दिनअघि मात्रै संघीय सरकारमा उद्योगमन्त्री बनेका र आइतबार बिहान राजीनामा दिएका गजेन्द्र हमालका सहोदर भाइ सुरेन्द्र हमालले भने मन्त्री पद पाउने भएका छन् ।

लुम्बिनी प्रदेशका प्रदेशसभाका सदस्य रहेका सुरेन्द्र हमाल आज मन्त्री नियुक्त हुँदैछन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान पर्ने गजेन्द्र हमाल जबराकै कोटाबाट मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि आजै मन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनका भाइ भने लुम्बिनी प्रदेशको वनमन्त्रीमा नियुक्त हुन लागेका हुन्। लुम्बिनी प्रदेशको बनमन्त्रीको रूपमा सुरेन्द्रको आइतबार दिउँसो २ बजे सपथ हुने कार्यक्रम छ।

सुरेन्द्र कांग्रेसको तर्फबाट बाँके २ ‘ख’ बाट निर्वचित सांसद हुन्।