गजल - धनराज गिरी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गजल – धनराज गिरी



– धनराज गिरी
बसेको छु एकान्तमा माटो सम्झिएर
हिमालदेखि मधेस पुग्ने बाटो सम्झिएर

अझ चिरा चिरा हुन्छ साथी मेरो छाती
धर्मराज अर्जुनको फाटो सम्झिएर

यस्तो देखेँ सपनीमा नक्सा धुजा धुजा
रोयो झन्डा रगतको टाटो सम्झिएर

लाभ जति पराईको हुने कैलेसम्म ?
कति रुने यो नेपाली घाटो सम्झिएर

भूकम्पको मार पनि उही दुखीलाई
घाउ चोट विगतको खाटो सम्झिएर