गैँडाकोटमा भीषण आगलागी : दुई घर जले - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गैँडाकोटमा भीषण आगलागी : दुई घर जले



काठमाडौँ : पूर्वी नवलपरासीको गैँडाकोट–३ को एक बस्तीमा आगो लागेको छ । तीव्र हावाहुरीपछि बस्तीमा भीषण आगो लागेको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए।

वडा नं ३ को ढोडेनीमा जङ्गल छेउको बस्तीमा आगो लागेको हो । केही दिनदेखि जङ्गलमा लागिरहेको आगो हावाहुरीले बस्ती ल्याएको वडाध्यक्ष तिवारीले जानकारी दिए। आगलागीबाट टोलनाथ आचार्य र केदारनाथ मिश्रको घर क्षतिग्रस्त भएको छ ।

आगो निभाउन चितवनबाट दमकल र इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थल पुगिसकेको प्रहरी प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए। घटनास्थलबाट स्थानीयले आगो बस्ती पसेको जानकारी स्थानीय सञ्चारमाध्यममा गराएका थिए । घटनास्थलमा कसैसँग पनि सम्पर्क हुन नसकेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए।
फाइल तस्बिर