गगन थापाको नजरमा गणतन्त्रका पाँच दुस्मन
गणतन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले गणतन्त्रका पाँच दुस्मन रहेको बताएका छन्। उनका अनुसार गणतन्त्रका लागि निम्न पाँच दुस्मन रहेका छन् –
- नागरिकको स्वतन्त्रता अपहरण गर्न उद्धतहरू
- “राजशाही” प्रवृत्ति
- गणतन्त्रको शिरमा बस्नेहरू
- राजतन्त्रको भद्दा नक्कल गर्नेहरू
- गणतन्त्रका लागि नबदलिने हामी
उनले एउटा ट्वीटमार्फत यी पाँच दुस्मनबाट गणतन्त्रलाई जोगाउनु पर्ने बताएका हुन्। उनको ट्वीट यस्तो रहेको छ
सत्तामा बसेर नागरिकको स्वतन्त्रता अपहरण गर्न उद्धतहरूबाट,दलभित्रको 'राज शाही'प्रवृत्तिबाट अनि गणतन्त्रको शिरमा बस्नेहरूबाटै जोगाउनु छ गणतन्त्र।गणतन्त्र आचरण पनि हो,गणतन्त्रमा राजतन्त्रको भद्दा नक्कल गर्नेहरूबाट जोगाएर अनि हामी आफै पनि बदलिएर सदैव जनताको मनमा राख्नुछ गणतन्त्र।
— Gagan Thapa (@thapagk) May 29, 2019