संविधान संशोधनमा उपेन्द्र यादवले झेली गरेको गगन थापाको आरोप - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

संविधान संशोधनमा उपेन्द्र यादवले झेली गरेको गगन थापाको आरोप



काठमाडाैँ – नेपाली काङ्ग्रेसका नेता गगन थापाले संविधानको रक्षा गर्नको लागि संविधान संशोधन गर्न आवश्यक रहेको बताउँदै उपेन्द्र यादवले जनतासँग झेली गरेको आरोप समेत लगाए ।

थापाले मधेशी, जनजातिलगायत असन्तुष्ट पक्षको विचार समेटेर संविधान संशोधन गर्न बारम्बार दवाब दिँदासमेत सत्तापक्षका कारण संशोधन हुन नसकेको आरोप समेत लगाए ।

महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आज आयोजित काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्र्तगत कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उनले संविधान निर्माणका क्रममा तत्कालीन समयमा देखिएका केही कमजोरीलाई संशोधन गरी सबैको हितका लागि आफ्नो दलले संविधान संशोधन गर्न चाहेको बतााए । उनले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाए सबैको लागि राम्रो हुने जिकिर गरे ।

सांसद थापाले संविधान जारी हुने समयमा विरोध गर्ने तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनको मुद्दा लिएर सरकारमा गए पनि चुपचाप बसी जनतासँग झेली गरेको आरोप लगाए ।