मन्त्रिमण्डल पूनर्गठनबारे गगन थापाको कडा टिप्पणी - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

मन्त्रिमण्डल पूनर्गठनबारे गगन थापाको कडा टिप्पणी



काठमाण्डौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले मन्त्रिमण्डल पूनर्गठनबारे प्रधानमन्त्री ओलीलाई कडा सुझाव दिएका छन् ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने भनेर लामो समयदेखि चलेको हल्लाले मन्त्रालयको कार्यसम्पादनमा भयङ्कर असर परेको तर्फा संकेत गर्दै सुझाव दिएका हुन् ।

थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्,”प्रधानमन्त्रीज्यू मन्त्रिमण्डल पुनर्गठन तपाईँको निजी विषय हो। तर, मन्त्रीमण्डल फेर्ने महिनौंदेखिको हल्लाले ति मन्त्रालयको कार्यसम्पादनमा कस्तो असर परेको होला ? यो जनचासोको विषय हो। त्यसैले, प्रमज्यू जे गर्ने हो छिटो निर्णय गर्नुहोस् नगर्ने भए काम गर्न दिनुहोस् तर अलमलमा नराख्नुहोस ।”