गगन थापाले मारे अर्को छलाङ - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

गगन थापाले मारे अर्को छलाङ



काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले अर्को छलाङ मारेका छन् । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगन थापा निर्वाचित भएका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा सांसद थापा सन् २०२१ देखि २०२३ सम्मका लागि निर्वाचित भएका हुन् बोर्ड सदस्यका रुपमा सांसद थापाले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नुपर्नेछ । थापा नेपाली कांग्रेसका सांसद हुन् ।

थापाले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रुपमा उपयोग गर्ने बताएका छन् । उनले सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ।