ओलीलाई विश्राम दिएर अर्को प्रधानमन्त्री बनाउन गगन थापाको माग - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओलीलाई विश्राम दिएर अर्को प्रधानमन्त्री बनाउन गगन थापाको माग



काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिएर नेकपाले अरूलाई प्रधानमन्त्री बनाउनुपर्ने तर्क गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

थापाले निरन्तर बिरामी र कमजोर स्वास्थ्य अवस्था भएका प्रधानमन्त्री ओलीलाई विश्राम लिने वातावरण बनाउन नेकपाका नेताहरूसँग समेत आग्रह गरेका हुन् ।

चिकित्सकहरुले शंका गरेजस्तो बारम्बार विदेश गएर उपचार गराइरहनुपर्ने प्रधानमन्त्रीमा इच्छाशक्ति हुँदैमा कामको बोझ उठाउन मुस्किल हुने भन्दै उनले कामका लागि स्वास्थ्यले पनि साथ दिनुपर्ने बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा योगदान पुर्‍याएका ओलीलाई लामो समयसम्म अभिभावककारुपमा देख्न चाहेको भन्दै सांसद थापाले उनलाई आरामको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको यकिन अवस्थाबारे सरकारले संसदलाई जानकारीसमेत नदिएको गुनासो पनि थापाले गरे ।