२०७५ साउन ३०, बुधबार

गगनलाई बम हान्ने ६ जना पेस्तोल र बम सहित पक्राउ,

December 7, 2017
137 Views
Spread the love

काठमाडौं–

नेपाली कांग्रेसका नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन्।

नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई प्रहरीको बिशेष ब्युरोले बिहीबार पक्राउ गरेको हो। उनीहरुको साथबाट चिनियाँ पेस्तोल र चार वटा बम बरामद भएको छ।

गत सोमबार थापालाई लक्षित गरी काठमाडौंको चपलीमा विस्फोट गराइएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ का उम्म्दवार थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो। सो क्रममा उनीसहित ११ जना घाइते भएका थिए।

प्रहरीले नेकपाका कार्यकर्ताहरुको तीन वटा डेरामा छापा हानी बम बनाउन प्रयोग हुने सामान र विभिन्न दस्तावेजसमेत बरामद गरेको छ।

राजधानीमा भएका अन्य विस्फोटका घटनामा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ। गोलेकै समूहले राजधानीमा चुनावविरोधी गतिविधि गरेका थिए।

Facebook Comments

You may be interested

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही
प्रवास
0 shares15 views
प्रवास
0 shares15 views

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही

himal post - २०७५, ३० श्रावण ०६:४०

काठमाडौं – मलेसियाको सरकारले नेपाली कामदारसँग स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क उठाएर ठगी गर्ने बेस्टिनेट एसडीएन बीएचडी नामक कम्पनीलाई निलम्बन…

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का
खेलकुद
0 shares21 views
खेलकुद
0 shares21 views

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का

himal post - २०७५, ३० श्रावण ०६:३७

म्याचफिक्सिङको ५ वर्षे प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्कने तयारी गरेका बंगलादेशका ब्याट्सम्यान मोहम्मद अशरफुललाई कडा झड्का लागेको छ । क्रिकबजको रिपोर्ट…

निको भए रोनाल्डो
खेलकुद
0 shares32 views
खेलकुद
0 shares32 views

निको भए रोनाल्डो

himal post - २०७५, ३० श्रावण ०६:३३

ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डो निमोनियाको उपचारपछि अस्पतालबाट घर फर्किएका छन् । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको आइल्याण्ड…