गगन थापाको प्रश्न: विष्णु पौडेल र तत्कालिन प्रमलाई कारबाही किन नगरेको ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

गगन थापाको प्रश्न: विष्णु पौडेल र तत्कालिन प्रमलाई कारबाही किन नगरेको ?



काठमाडौं- बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग निर्णयबारेकांग्रेस नेता गगन थापाले आफ्नो धारणा व्यक्त गर्दै गरेका छन्।

उनले सामाजिक संचाल ट्विटरमार्फत आफ्नो धारणा व्यक्त गर्दै कानुनको अपव्याख्या गर्दै उन्मुक्ति दिने प्रयत्न दूरासयपूर्ण रहेको उल्लेख गरेका छन्। साथै उनले अख्तियारको निर्णयलाई हास्यास्पद् र पूर्वाग्रहपूर्ण रहेको समेत उल्लेख गरेका छन्।

बालुवाटार जग्गा प्रकरणमा तीनबँदे धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘सार्वजनिक सम्पत्ति बदनीयपूर्ण रूपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुनै नसक्ने उल्लेख गर्दै ‘यदि सार्वजिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुन्छन् भने उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्ने, गराउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री र संलग्न अन्य अधिकारीहरू उक्त अपराधबाट उन्मुक्ति पाउन सक्दैनन्’।

उनले अगाडी भनेका छन्, ‘कानुनको अपव्याखा गर्दै उन्मुक्ति दिने प्रयत्न दूरासयपूर्ण रहेको छ।’ उनले नवीन पौडेल र कुमार रेग्मीलाई जग्गा छोडिदिन मन्जुर गरेको भन्ने तर्कका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णयलाई हास्यास्पद् र पूर्वाग्रहपूर्ण रहेको उल्लेख गरेका छन्।

साथै उनले अख्तियारको निर्णय अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्‍न गर्ने पर्याप्त आधार रहेको समेत बताएका छन्। ‘सार्वजनिक जग्गा आफ्ना नाममा बनाउने र सोको लागि अनेक प्रपञ्च रच्ने व्यक्ति नवीन पौडेल (नेकपा नेता विष्ण पौडेलका छोरा) र कुमार रेग्मीलाई आफ्नो नाममा कायम रहेको जग्गाहरू नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकाले भन्‍ने तरका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिएको छ।’

उनले अगाडि भनेका छन्, ‘यो निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्‍न गर्ने पर्याप्त आधार दिएको छ।’