गगन थापाको केशव स्थापितलाई यस्तो झापाड ! (भिडियो सहित) - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

गगन थापाको केशव स्थापितलाई यस्तो झापाड ! (भिडियो सहित)



काठमाडौँ । 

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्व कृषि तथा जलस्रोत समितिका सभापति एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आयोजनाबाट कुनै अनुदान नलिएको जनाएको छ ।

प्याक्टले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे सुनखानी एकीकृत कृषि केन्द्रले परियोजना सञ्चालनका नाममा अनुदान नलिएको स्पष्ट पारेको हो ।

विज्ञप्तिमा भनिएको छ– एकीकृत कृषि केन्द्रको मिति २०७२ मंसिर २८ गते प्याक्टमा दर्ता भएको निवेदनमा सो कम्पनीका अध्यक्ष गगनकुमार थापाले कृषि तथा जलस्रोत समितिका सभापति समेत रहेको अवस्थामा स्वार्थ बाँझिने भन्दै परियोजनाबाट अनुदान अस्वीकार गरेको स्पष्ट पारेको छ ।

केही अनलाइन समाचारमा नेपाल सरकार, कृषि विकास मन्त्रालयअन्तर्गतको यस आयोजनाको नाम जोडेर ‘स्वर मिलाइ हिसाब मागौँ– खै बाख्रा, खै, खै मासु पसल ?’ शीर्षकअन्तर्गत मंसिर ४ गते प्रकाशित समाचारमा आयोजनाले गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

प्याक्ट नेपाल सरकारको कृषि आयोजना हो । उक्त आयोजना सञ्चालनका लागि सरकारलाई विश्व बैंकको सहयोग प्राप्त छ ।

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका युवा नेता थापाले आजै सोही सन्दर्भलाई जोड्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ– “केही उच्छृंखल व्यक्तिको बहकाउमा लागेर सत्यतथ्य नबुझी अनलाइन समाचार माध्यमले भ्रामक समाचार प्रकाशित गरेकोमा मलाई दुःख लागेको छ ।”

केही अनलाइन सञ्चारमाध्यमले दुवै पक्षको भनाइ नजोडी एकपक्ष ढंगले समाचार सम्प्रेषण हुनुले अनलाइन सञ्चार गृहको विश्वसनीयता माथि शंका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचनको संघारमा मलाई कमजोर पार्ने उद्देश्यले मेरो चरित्र हत्या गरी दूरासयपूर्ण रुपमा समाचार सम्प्रेषण गरेपनि आफूलाई असर नपर्ने र काठमाडौँका जनता भ्रामक समाचारबाट कहिलै नआतिने नेता थापाको भनाई छ ।

थापाले भिडियो मार्फत भने, ‘कृषि व्यवसाय मात्र होइन मेरो जीवनका हरेक पानाहरू सदैव पारदर्शी र खुला छन् । त्यसैले चरित्रहत्याको हतियार र प्रवृत्तिलाई प्रयोग गरेर यस्ता भ्रामक दुस्प्रचारमा नलाग्न र स्वस्थ प्रतिस्पर्धामा उत्रन म मेरा प्रतिस्पर्धीहरूलाई आग्रह गर्दछु।’