भारतको दादागिरी बढ्यो, सबै नेपाली उठौँ : गगन थापा - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

भारतको दादागिरी बढ्यो, सबै नेपाली उठौँ : गगन थापा



झापा : कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री गगन थापाले भारतीय दादागिरीविरुद्ध सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्

सीमा विवादको विषयमा बहस चर्किएको बेला थापाले यस्तो बताएका हुन् । शुक्रबार झापामा पत्रकारसँग कुरा गर्दै थापाले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादागिरी हो’, नेता थापाले भने, ‘भारतको यो चरम दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ।’ 

थापाले सीमा विवादका विषयमा सरकारले पनि कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।

‘प्रतिपक्ष कांग्रेसलगायत, आम नागरिकले समेत सीमा मिचिएको विषयमा सडकमा नै आएर धारणा व्यक्त गरिसकेका छन्’, उनले भने, ‘तीनै धारणाको बलमा नेपाल सरकारले भारतसँग बलियो रुपमा कुरा गर्नुपर्छ।’