गगन भन्छन्- कपनमा बाढी आउनसाथ सबैभन्दा धेरै गाली मैले खान्छु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गगन भन्छन्- कपनमा बाढी आउनसाथ सबैभन्दा धेरै गाली मैले खान्छु



काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं–४ का सांसद गगन थापाले कपन खहरेमा बाढी आउनसाथ सबैभन्दा धेरै गाली आफूले खाने गरेको बताएका छन्।

आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउँदा सबैभन्दा धेरै गाली खाने गरेको बताए। आइतबार प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

थापाले अहिले कोरिडोर क्षेत्रमा २ आना र ५ आना जग्गामा सयौँ घरहरु बनेकाले तिनको समेत संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिए।

थापाले धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणको काम गर्न सरकारले छुट्टै आयोजना बनाउनुपर्ने बताए।

उनले धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत् काम गर्नुपर्ने बताए।

महामन्त्री थापाले कोरिडोर क्षेत्रमा बनेका घरहरु वैधानक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरुको समेत संरक्षण कसरी गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए।