सभापतिलाई सहि ठाउँमा उभ्याउने काम हाम्रो भयो: गगन थापा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सभापतिलाई सहि ठाउँमा उभ्याउने काम हाम्रो भयो: गगन थापा



काठमाडौं- महामन्त्रीमा निर्वाचित भएपछि गगन थापाले नेपाली कांग्रेसलाई अब भरोसा गर्न सकिने पार्टी बनाउने बताएका छन्। ‘आज नेतालाई समेत भरोसा गर्न सकिने अवस्था छैन। तर हामी अब नेपाली कांग्रेसलाई भरोसा गर्न सकिने पार्टी बनाउने छौँ’, उनले भने।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफूलाई मत नदिएका करिब १६ सय मतदाताको पनि मत जित्ने गरी आगामी दिनमा काम गर्ने र आगामी निर्वाचनमा शतप्रतिशत मत ल्याउन प्रयास गर्ने बताए। उनले गलत व्यक्तिलाई छानेछु भनेर मतदाताले भन्ने दिन आउन नदिने बताएका छन्।

नेता थापाले महामन्त्रीका रुपमा सभापतिलाई सहि ठाउँमा उभ्याएर काम गर्न लगाउने, तागत दिने, दबाब दिने बताएका छन्। उनले नेतृत्व चुक्यो भने बन्द कोठाभित्र ‘तपाई यहाँनेर चुक्नुभयो’ भनेर खबरदारी गर्ने पनि बताए।

आफ्नो चुनावको एजेन्डा मुख्य नेतृत्व परिवर्तन रहेपनि त्यसमा चुकेको भन्दै उनले अब सभापतीले अभिभावकत्व ग्रहण गर्नुपर्ने र नेतृत्वमा आएका अरु नयाँ पुस्ताले बोकेको रुपान्तरणको मुद्धा स्थापित गर्नुपर्ने बताए।