प्रारम्भिक नतिजा: गगनलाई सर्वाधिक मत' दोस्रोमा विश्वप्रकाश, कसले कति पाए ? - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

प्रारम्भिक नतिजा: गगनलाई सर्वाधिक मत’ दोस्रोमा विश्वप्रकाश, कसले कति पाए ?



नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले अग्रता लिएका छन् ।

१०० मत गन्दा गगनले ७० मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ३४, प्रकाश शरण महतले ३१, प्रदीप पौडेलले २७ र मीनेन्द्र रिजालले २१ मत प्राप्त गरेका छन् ।

कांग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार ८ बजेदेखि मतगणना शुरु गर्ने कार्यतालिका रहे पनि करीब साढे दुई घण्टा ढिलोगरि केन्द्रीय कार्यालय सानेपामा मतगणना शुरु भएको हो।

महाममन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा छन्।

महामन्त्रीका २ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।

त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।

कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।

कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।