जनता र गगन थापासँग कुरा गर्न नसकेर राजन भट्टराई भागेपछि... - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जनता र गगन थापासँग कुरा गर्न नसकेर राजन भट्टराई भागेपछि…



काठमाडौं ।

काठमाडौ क्षेत्र नं. ४ का दुई प्रमुख उम्मेदबार मध्ये एमालेका तर्फबाट उम्मेदबार बनेका राजन भट्टराई मतदाताको प्रश्न र प्रतिद्वन्दी उम्मेदबार गगन थापासँग जवालजवाफ गर्न नसकेर भागेका छन् ।

विभिन्न सामाजिक संघसंस्थाहरुले स्वतन्त्र रुपमा आयोजना गरेको दुई उम्मेदरबारसँगको अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदबार भट्टराईले कार्यक्रममा आउने बचन दिएपनि बहाना बनाएर कार्यक्रमबाट भागेका छन् ।

केही दिन अगाडी देखि दुवै उम्मेदबारहरुसँग समय लिएर कार्यक्रम तय गरेको भएपनि अन्तिम समयमा आएर भट्टराईले कार्यक्रममा आउन नसक्ने जानकारी गराएको आयोजकहरुले बताएका छन् ।

कारखाना नामक शैक्षिक अनुसन्धानात्मक संस्था र स्वतन्त्र नागरिक सञ्जालले अन्य विभिन्न संस्थाहरुको सहयोगमा मंगलबार मध्यान्ह १२ बजेदेखि अपराहन्न ४ बजे सम्म काठमाडौको ज्ञानेश्वरमा ‘मतदाता मेला‘ कार्यक्रम आयोजना गरेका थिए ।
आयोजकहरुले केहीदिन देखि नै कार्यक्रमका बारेमा व्यापक प्रचार प्रसार गरी आफ्ना उम्मेदबारलाई प्रश्न सोध्न मतदाताहरुलाई आह्वान गरेका थिए ।

कार्यक्रममा भट्टराई अनुपस्थीत हुनेपछि आयोजकले थापालाई पनि नआउन जानकारी गराएका थिए ।
आफ्नो क्षेत्रमा कस्ता कस्ता उम्मेदवारहरु उठेका छन्, सहि तरिकाले भोट कसरी हाल्ने, आफ्नो मतको कसरी सहि सदुपयोग गर्ने जस्ता जानकारी दिने उद्देश्यले मतदाता मेला आयोजना गरिएको थियो ।

राम्रा उम्मदेवार चिनौ र चुनौ भन्ने मूल नाराका साथ आयोजना गरिएको मतदाता मेलामा राष्ट्रिय स्तरका कलाकारहरुले गीत संगीतको माध्यमबाट निर्वाचन सम्बन्धी जानकारी तथा मनोरंजन पनि प्रदान गर्ने कार्यक्रम रहेको थियो ।