राजनलाई गगनको आग्रह :- मिलेर काम गरौं - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

राजनलाई गगनको आग्रह :- मिलेर काम गरौं



काठमाडौं–

काठमाडौं ४ बाट विजयी भएका कांग्रेस नेता गगन थापाले आफूसँग प्रतिस्पर्धा गरेका उम्मेदवारलाई मुलुकको समृद्धिका लागि मिलेर काम गर्न आह्वान गरेका छन्।

निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा कांग्रेसको बडा समितिले आयोजना गरेको विजयसभामा कांग्रेस नेता थापाले आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका राजन भट्टराई र विवेकशील साझाकी सुबुना बस्नेतलाई समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गरेका हुन्।

थापाले आफ्ना मतादाताहरुलाई धन्यवाद दिँदै अबको कार्यकाल समृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाएका हुन्।

उनले कांग्रेसलाई जरैबाट पुनर्संरचना गर्ने अठोट गर्न पनि आह्वान गरेका छन्।

कांग्रेस धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह कांग्रेसको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह गरेका छन्।

शिक्षा र स्वास्थ्यमा सवैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौं बनाउने आफ्नो अठोट स्मरण गरे।