गगन थापाले मागे प्रदीप पौडेललाई भोट - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

गगन थापाले मागे प्रदीप पौडेललाई भोट



नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेललाई मतदात गर्न आग्रह गरेका छन्।

उनले बुधबार अपरान्ह भिडिओ सन्देशमार्फत् काठमाडौं–५ का मतदातासँग कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्न आग्रह गरेका हुन्।

उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री थापाको भिडिओ सन्देश सार्वजनिक गरेका छन्।

सन्देशमा थापाले पौडेललाई २०४६ सालको जनआन्दोलनका क्रममा भेटेदेखि आजका दिनसम्म बाक्लो सम्बन्ध रहेको जिकिर गर्दै ३० वर्षदेखि आफूहरुका बीचमा सहकार्य हुँदै आएको बताएका छन्।

‘तपाईंले प्रदीप पौडेललाई यो क्षेत्रबाट निर्वाचित गराउँदै गर्दा मैले गलत व्यक्तिलाई निर्वाचित गराएछु भनेर एक जना मतदाता एकदिन एकक्षण पनि पश्चाताप मान्नु पर्दैन,’ महामन्त्री थापाले काठमाडौं–५ का मतदातालाई भनेका छन्।